चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

प्यूठान । प्यूठान जिल्ला समन्वय समिति (जिसस)को नेतृत्व नेपाली कांग्रेसले पाएको छ । कांग्रेसले गठबन्धनतर्फबाट जिससको प्रमुखमा निर्विरोध भएको हो । कांग्रेसको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका धरमबहादुर जिसी निर्विरोध निर्वाचित भएका हुन् । उप–प्रमुखमा माओवादीका दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

प्यूठान जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । गठबन्धनले संयुक्त उम्मेदवारी दिएपछि एमालेले पराजित हुन देखेर उम्मेदवारी नै दिएन । एमालेले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेसले जिससमा प्रमुख र १ सदस्य पाएको छ । माओवादीले उप–प्रमुखसहित २ सदस्य पाएको छ भने राष्ट्रिय जनमोर्चाले ४ सदस्य पाएको छ । कांग्रेसबाट टोपाराम कालाथोकी, माओवादीबाट तारा बिक, निर्मला पोख्रेल र राष्ट्रिय जनमोर्चाबाट गुणेन्द्र बस्नेत, इन्द्रबहादुर खड्का, खुमा अधिकारी तथा रेकम रसाइली निर्वाचित भएका छन् ।

क्षेत्रीय सभापति रोज राणा र पार्टी सभापति विष्णु गिरीको कुशल रणनीतिले गर्दा कांग्रेसले पहिलो पटक प्यूठानमा जिससमा प्रमुख र १ सदस्य चिर्वाचित भएर इतिहास रचेको छ ।

सम्पन्न स्थानीय निर्वाचना कांग्रेसले प्यूठानमा शानदार जित हासिल गरेर एमालेलाई चकित पारेको छ । क्षेत्रीय सभापति राणा र जिल्ला सभापति गिरी सक्रिय युवा हुन् । निर्वाचनका बेला यी दुई युवाको देखिएको राणनीतिक कौशलले कांग्रेसलाई सफलता मिलेको प्यूठान कांग्रेसजनको ठम्याइ छ ।

एमालेका नेता सूर्य थापाले गृहजिल्ला प्यूठान स्थानीय तहमा लज्जास्पद हार ब्यहोर्नुपरेको छ । त्यसको बेफाइदा एमालेलाई जिससमा भएको छ । यसपटक कांग्रेसले माओवादी र राष्ट्रिय जनमोर्चासँग मिलेर एमालेलाई साइजमा ल्याइदिएको छ । जसको कारण एमालेको अहंकार चकनाचुर भएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com