चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार रोक्का भएको छ । दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००स्९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार सोमबारदेखि रोक्का गरेको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भंग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो । दुई बैंकले ३० जेठको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर)  सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति–एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार ३० जेठबाट रोक्का राखिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com