जेष्ठ ९, २०८० मंगलबार । May 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

सुनसरी । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ ।

चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ ।

देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com