चैत्र १२, २०८० सोमबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्थानीय निर्वाचनमो परिणाम आएसँगै मुलुकको राजनीतिमा हलचल उत्पन्न हुने थालेको छ । सम्पन्न निर्वाचनको परिणामपछि र आफ्नो पार्टीका उम्मेदवारप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रले गरेको व्यवहारप्रति आक्रोसित बन्न पुगेको एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्पmबाट सरकारमा सहभागी भएकाहरुको नाम परिवर्तन गर्न गरेको निर्णय र प्रस्तावले अर्को हलचल उत्पन्न गरेको छ ।

सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग नगरेको भनेर एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल आक्रमक रुपमा प्रस्तुत हुनथालेका छन् । र, मन्त्रिपरिषद् पुनर्गठनका सम्बन्धमा एकीकृत समाजवादीले गरेको निर्णय नमान्ने हो भने गठबन्धनको औचित्यसमेत नरहने चेतावनी नेता खनालले दिएका छन् ।

उता सम्पन्न स्थानी निर्वाचनको परिणामबाट सन्तुष्ठ रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब गठबन्धनका केही दल जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थन साथ लिएर सम्पन्न स्थानीय निर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरेको नेपाली कांग्रेसका विरुद्धमा अर्को मुर्चाबन्दी गर्ने गृहकार्यमा लाग्न थालेका छन् ।

स्थानीय निर्वाचनको परिणामबाट कांग्रेसले धेरै दंगिएर अहंकार देखाएको भन्दै आगामी आमनिर्वाचनमा कांग्रेसलाई साइजमा राख्नुपर्ने प्रस्ताव माओवादी अध्यक्षले प्रचण्डले राखेका छन् । प्रचण्डले एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुसँगको बैठकमा राखेका छन् । माओवादी अध्यक्ष प्रचण्ड अब नेपाली कांग्रेसलाई कजोर बनाएर आमनिर्वाचनमा उत्रने रणनीतिमा छन् ।

तर, माओवादी अध्यक्ष प्रचण्डको यो रणनीतिले गठबन्धनलाई नै धरापमा पार्न सक्ने खतरा आफ्नो ठाउँमा बढ्दै गएको छ । उता सक्तारुढ गठबन्धनको अर्को घटक जनता समाजवादीमा अध्यक्ष द्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीचको विवादले पार्टीलाई विभाजनतिर लगिराखेको छ ।

यस्थितिलाई ध्यानमा राखेर प्रधानमन्त्री देउवाले सरकारको बहुमत कायम राख्नका लागि लोकतान्त्रिक समाजवादीलाई दुई मन्त्रालय र उपसभामुख दिएर सरकारमा भित्र्याउने अभ्यास गरिराखेका छन् । यसम्बन्धमा प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुरबीच दुई भेटवार्ता भइसकेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com