मंसिर २३, २०८० शनिबार । December 9, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन्।

काठमाडौंको फोहोर व्यवस्थापन जटिल बनेका बेला प्रधानमन्त्री देउवाले महानगरप्रमुख शाहलाई बोलाएर जानकारी लिएका हुन्। विगत २ साता यता काठमाडौंको फोहोर उठ्न सकेको छैन। बन्चेडाँडाका स्थानीयवासीले फोहोर विर्सजनमा अवरोध गरिरहेका छन्। जसका कारण काठमाडौंको सडकमा फोहोर थुप्रिएको छ।

महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहनेभन्दै प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालिन समाधान खोज्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गत सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगर, धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिबीच फोहोर व्यवस्थापनका सन्दर्भमा सहमति भएको थियो। तर, स्थानीयले आफूहरुलाई जानकारी नदिइ गरिएको सहमति नमान्ने बताउँदै निरन्तर अवरोध गर्दै आएका छन्।

स्थानीयबासी सहितको बैठक भोली बोलाइएको छ। शहरी विकास मन्त्रालय, महानगर, स्थानीयवासी, धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाकाबीचमा छलफल हुने बताइएको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com