मंसिर १९, २०८० मंगलबार । December 5, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन आयोगले जनाएको छ ।

पुनः निर्वाचन गर्नका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ भने प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि नयाँ पठाइएको छ ।

पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यसैगरी नेपाल प्रहरीको डिएसपी सूर्यबहादुर थापा र सशस्त्र प्रहरीको डिएसपी गङ्गादत्त पन्तलाई बाजुरा पठाइएको छ । निर्वाचन अधिकृतको रूपमा लक्ष्मण बहादुर कडायतलाई पठाइएको छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी हामी पूर्ण तयारीका बसेका छौँ ।’

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी अनुसार नयाँ सुरक्षा टोली, नयाँ निर्वाचन अधिकृत लगायत निश्चित भइसकेको जनाएका छन् । त्यसैगरी निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगायतका सामग्रीसमेत बाजुरा पठाइसकिएको उनले बताए ।

बूढीगंगामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा विवाद उत्पन्न स्थगित भएको थियो । उक्त स्थगित निर्वाचन पुन ः गर्न लागिएको हो । बूढीगंगाका केही वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्तालाई बुथ कब्जा गरेको आरोप लागेपछि मतगणना हुन सकेको थिएन । स्थिति असामान्य देखेपछि मतगणनामा खटिएका निर्वाचन अधिकृत नै फर्किएका थिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com