आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मतले स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com