चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । अभिनेता पुष्प खड्का र मोडल अञ्जना बराईलीको अभिनयमा ‘नबोल हेपेर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिष्णु क्षेत्री र सरु गौतमले स्वर दिएका छन् ।

मिलन विष्टको शब्द, नविन रावलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । बिकाशा प्रोडक्सनले भिडियोको निर्माण गरेको होे । भिडियोमा पण्डितकी छोरी र मूर्तिकारबीचको प्रेमलाई प्रस्तुत गरेका छन् ।

राजीव समरको कोरियोग्राफी रहेको भिडियो रमाईलो खालको बनेको छ । सागर प्रधानको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बुधबार सार्वजनिक भिडियोले युट्युबमा राम्रो भ्युज बटुलेको छ । भिडियोलाई स्रोता दर्शकले प्रतिक्रिया पनि राम्रो दिएका छन् । भिडियो ‘उमारन क्रियशन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com