चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजदेखि हट्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल–बञ्चरे डाँडाबीच बिहीबार मध्यरातमा भएको सहमतिसँगै शुक्रबारबाट उपत्यकाको फोहोर व्यवस्थापन हुन लागेको हो ।

गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति थियो । यो समूहले केही दिनअघि भएको सम्झौता मानिरहेको थिएन ।

दुई पक्षबीच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ ।

सहमतिअनुसार शुक्रबारदेखि नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाइने भएको छ ।

सोमबार साँझ पपनि मंगलबारदेखि उपत्यकाको फोहोर उठाउने सहमति भएको थियो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल–बञ्चरेडाँडाका जनप्रतिनिधिहरुबीच सहमति भए पनि मंगलबारदेखि नै स्थानीयवासीहरुले फोहोर फाल्न अवरोध गरेका थिए ।

अवरोधकाबीच मंगलबार १ सय ५७ ट्रक फोहोर फालिएको भएपनि बुधबार त्यस क्षेत्रको स्थिति तनावग्रस्त बनेको थियो । बुधबार पोहोर बोकेर गएका सयौं गाडीहरु त्यतिकै फर्किएका थिए ।
बिहीबार भने ट्रकका चालकहरु नै फोहोर विसर्जनका लागि जन मानेका थिएनन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com