चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ । अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो ।

“किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो”, उपप्रमुख ज्योति लामिछानेले भन्नुभयो । बाँझो जमिन सदुपयोग गर्न तथा खेती गरिरहेको जमिनमा रहेका रुखबिरुवा हटाउने नगरपालिकाले कार्यविधि बनाउने निर्णय गरेको थियो । धान, मकै, कोदोलगायत रैथानीवाली लोप हुने अवस्थामा पुगेकाले कार्यविधिमार्फत समस्या समाधान गर्न लागिएको लामिछानेको भनाइ छ ।

खेतीयोग्य जमिन टुनी, चिमल, मौवा, उतिस, बाँसलगायत रुखबिरुवाले भरिँदै गएको छ । यसका साथै नगरप्रहरीका लागि समेत कार्यविधि बनाइने निर्णय गरिएको प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com