चैत्र १०, २०८० शनिबार । March 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ ।

mmmmबजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा नं १७६ मा मेलम्ची खानेपानी आयोजना याङ्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका अध्यक्ष ऋषिराम पौडेलले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ ।

काठमाडौँ उपत्यकाका उपभोक्ताको प्रतिनिधित्व हुनेगरी काठमाडौँ महानगरपालिकाका प्रमुख, सम्बन्धित मन्त्रालयका सचिव, आयोजनाका कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका सहसचिव सम्मिलित छरितो समिति बनाइएकामा त्यसको खारेजीले अन्तिम चरणमा पुगेको आयोजनाको भविष्यकै विषयमा प्रश्नचिह्न उठेको कर्मचारी युनियनको भनाइ छ ।

समिति खारेज गर्ने उल्लेख गरिएको बजेट वक्तव्यमा लोकसेवा आयोगको प्रत्यक्ष निगरानीमा आयोजना अवधिभरका लागि पदबहाल रहेका कर्मचारीका विषयमा केही उल्लेख नगरिनु दुःखद रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com