आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दोलखामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ मुर्गाथलीका ४१ वर्षीय बुद्धिमान तामाङको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

शनिबार घरबाट निस्कनुभएका तामाङको गुमुडाँडाको भीरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । तामाङको शवलाई पोष्टमार्टमको लागि चरिकोट अस्पताल ल्याउने तयारी भईरहेको दोलखा प्रहरीले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com