चैत्र ९, २०७९ बिहिबार । March 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

गएको शनिबार उक्त नगरपालिका–५ मा आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन् । बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो । खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ”, प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।”

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com