काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा पारित गर्न डाकेको हो । बैंकले असार ८ गते साधारण सभा डाकेको छ ।
सो सभा होटल पौवा (होटल स्टार चितवन) रत्ननगर १, टाँडी, चितवनमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गरी चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ कायम गरी चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ।
विशेष साधारण सभा प्रयोजनार्थ बैंकले जेठ ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।
प्रतिक्रिया