फाल्गुन ११, २०८० शुक्रबार । February 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न उमेर पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता खुला गर्ने तयारी गरेको हो ।

स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकेको निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न लगत्रै पुनः नामावली दर्ता खुलाउने तयारी गरेको हो ।

‘असार १ गतेबाट नामावली दर्ता खुला गर्ने विषयमा छलफल भएको छ अब जिल्लाबाहिर बसाइँ रहे पनि जहाँ बसोबास छ त्यही जिल्लाबाट नाम दर्ता गर्न मिल्ने गरी आयोगले नामावली दर्ता खुला गर्नेगरी तयारी गर्दै छ,’ आयोगका एक जना निर्वाचन आयुक्तले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com