चैत्र ३, २०८० शनिबार । March 16, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली गायकहरूले अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।

युवा पुस्तामा रूचाइएका नेपाली गायकहरूले सांगीतिक प्रस्तुत दिन लागेका हुन् ।

नेपाली टचले एक्सपर्ट एजुकेसनको आयोजनामा सिड्नीमा ‘नाइटी इन्फिनिटी’ कार्यक्रम हुन लागेको छ । जसमा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बू तथा छेवाङ लामाले आफ्नो प्रस्तुती दिनेछन् ।

यही ९ जुन अर्थात २६ जेठमा सिड्नीको डार्लिङ हार्बरस्थित होम द भेन्यूमा कार्यक्रम आयोजना हुनेछ । उक्त कन्सर्टको टिकट अनलाइन मार्फत लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

१८ वर्षमाथिका दर्शकहरूले सहभागिता जनाउने सक्ने उक्त कार्यक्रम स्थानीय समयअनुसार राति ८ बजेदेखि सुरु हुनेछ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com