काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको गरी कूल ३२ लाख ५६ हजार ४३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको
१. प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस बापतको ७ लाख ७५ हजार ९८२/५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०/३६८ प्रतिशत नगद गरी कूल ७।३६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर बापतको २२ लाख ८२ हजार ४५०/६१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०/७९ प्रतिशत नगद गरी कूल १५/७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
३. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस शेयर बापतको १ लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १/५७८९ प्रतिशत नगद गरी कूल ३१/५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया