चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम हेरफेर गरेको छ ।

पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो ।

एक पदाधिकारीका अनुसार अध्यक्ष माधवकुमार नेपालले मन्त्रीका लागि ५ जनाको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।

नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीराचन्द्र केसी छन् । अहिले स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई सोही मन्त्रालयमा फुलमन्त्री दिन लागिएको छ । केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिन लागिएको छ । पर्यटनमा श्रेष्ठ, शहरी विकासमा मेटमणी र श्रममन्त्री कुँवर बन्दै छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com