चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीका परिपालन अधिकृतहरूलाई त्रैमासिकरूपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बीमा समितिले जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै नियमित रूपमा परिमालन प्रतिवेदन बुझाउन निर्देशन दिएको हो ।

समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य विवरण समावेश गरेर संचालक समितिबाट स्वीकृत गरी त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूलाई निर्देशन दिए ।

निर्देशक लालले बीमा कम्पनीहरूका परिपालन प्रतिवेदनमा एकरूपता नभएको, एउटै समस्या पटक पटक दोहोरिने गरेको र समयमा प्रतिवेदन पेश नभएको जस्ता समस्याहरु देखिएको उल्लेख गरेका छन् । बीमा कम्पनीका काम कारवाही लगायत समग्र पक्षको सत्य तथ्य विवरण समेटेर परिपालन प्रतिवेदन तयार भएमा त्यसबाट कम्पनीकै व्यवसाय विस्तार, सुशासन र देखिएका कमी कमजोरी सुधारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिम कम्पनीहरूले परिपालन नियुक्ति गर्नुपर्ने व्यवस्था छ । बीमा, व्यवस्थापन, वाणिज्यशास्त्र वा कनून विषयमा कम्तिमा स्नातक वा सो सरहको उपाधी प्राप्त व्यवस्थापक तहका आफ्ना अधिकृतमध्येबाट परिपालन (कम्प्लाइन्स) अधिकृत तोक्नु पर्ने व्यवस्था छ ।

ती अधिकृतहरूले ऐन तथा नियमावली, बीमा समितिबाट समय समयमा जारी भएका निर्देशिका, निर्देशन, मार्गदर्शन तथा परिपत्र अनुरूप गर्नुपर्ने कुरा, समितिले बीमकको नियमन, निरीक्षण वा सुपरीवेक्षण गर्दा सम्बन्धित बीमकलाई दिइएको निर्देशन पालना भए नभएको बारेमा त्रैमासिक प्रतिवेदन तयारी पार्नु पर्छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १२ करोड रूपैयाँमध्ये स्थानीयका लागि १० प्रतिशत वापत ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com