चैत्र १७, २०७९ शुक्रबार । April 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने गरी एभरेष्ट बैंकले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पछि बैंकका ग्राहकहरुले भारतमा पेटीएम, गुगल पे, फोन पेआदिमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

भारतमा रहेका आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी अब बैंकका ग्राहकहरुले क्यूआरबाट गर्न सक्ने बताइएको छ । भारतमा बसोबास गर्ने नेपालीहरूले सिधैं बैंकको खातामा पैसा पठाउन पनि सक्ने बताइएको छ ।

योसँगै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूले नेपालमा पनि भुक्तानी गर्न पनि सहज हुने बताइएको छ । बैंकले आफ्नो ११६ शाखा, ३१ राजस्व संकलन काउन्टर, १५० एटीएमहरु तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रियस्तरको व्यवसायिक र प्रभावकारी बैंकिङ सेवाहरू दिँदै आएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com