चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

पोखरा । जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् ।

पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेद्वार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेद्वार दीपेन्द्र ढकालले ४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छिन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल कांग्रेस र थापा माओवादीबाट उम्मेद्वार थिइन् । ५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले २ पालिकाको अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको हो ।

सदस्यहरुमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित भए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com