चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बारा । बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्‍यु भएको हो ।

घरमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी थाप्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com