मंसिर २२, २०८० शुक्रबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कथानाक चलचित्र सिल्ली फो को पहिलो गित ए दिल तँ बोल बोलु भाकाको गित सार्वजनिक भएको छ ।

गितमा चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा रचना रिमाल र संगीतकार न्यौपानेको स्वर सजिएको छ ।

सार्वजनिक चलचित्रको गीतमा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल र दिनेश रेग्मीको अभिनय रहेको छ ।

फिल्ममा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुणर्चन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम ९केशव०, अम्बर बहादुर विष्ट९सागर०, सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय देख्न सकिने छ ।

फिल्ममा मनोज डिके निर्माता रहेको छन् भने सह९निर्माता विशाल श्रेष्ठ हुन् । फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।

राज बहादुर सानेद्वारा निर्देशित चलचचित्र आगामी असार ३१ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com