मंसिर १४, २०७९ बुधबार । November 30, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने संकेत गरेको छ । बुधबार राती इण्डियन आयल कर्पोरेसन (आओसी) बाट प्राप्त नयाँ मुल्यसूची सार्वजनिक गर्दै निगमले यस्तो संकेत गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी निगमको छ । निगमले हाल आईओसीलाई १६ अर्ब तिर्नै बाँकी छ, यो जुन महिनाका लागि पहिलो किस्ता बापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ यहि ८ तारिखमा भुक्तानी गर्नु पर्ने बाध्यतामा निगम छ ।

आइओसीले निमलाई बुधबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ ।

हालको मुल्य अनुसार निगमलाई पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको छ । त्यसै गरी १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन जेठ १ गतेदेखि सरकारी कार्यालयहरुमा सातामा दुई दिन विदा दिन सुरु गरेको छ । तर दुई साताको अवस्था हेर्दा इन्धनको खपत खासै घटेको देखिएको छैन ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com