चैत्र १०, २०८० शनिबार । March 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

दोलखा । नेपाल प्रहरी दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडयाल पुरस्कृत भएका छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा दोलखा जिल्लाका नौ वटै पालिकामा कुनै अप्रिय घटनाबिना निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बागमति प्रदेश प्रहरी कार्यालयले पौड्याललाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।

२०४८ साल यता दोलखाका हरेक निर्वाचानमा केही न केही घटना घट्ने गर्दथ्यो । यसपटक भने नेपाल प्रहरीको कुशल नेतृत्वका कारण शान्तिपूर्ण एवं त्रुटिरहित निर्वाचन सम्पन्न भएको छ । पटकपटकका निर्वाचनमा राजनैतिक दलहरुका कारण मान्छेको मृत्युसमेत हुने गर्दथ्यो । जनताले स्वतन्त्र ढंगले आफ्नो मताधिकार प्रयोग गर्नसमेत नपाउने अवस्था हुन्थ्यो । यसपटकबाट निर्वाचनमा हुने अमर्यादित र अमानवीय गतिविधिको अन्त्य भएको छ ।

स्थानीय निर्वाचन गराउन प्रभावकारी भूमिका खेलेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले डीएसपी पौडयाललाई पुरस्कृत गरेको हो । पौडयाललाई प्रदेश कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी पूजा सिंहले पुरस्कृत गरेकी हुन् । डीएसपी पौडयाललाई जिल्लाको शान्ति सुव्यवस्था कायम राख्नुका साथै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेकाले पुरस्कृत गरिएको जनाइएको छ ।

नागरिक समाज दोलखाका अगुवा कृष्ण बस्नेतले भने “दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, तारादल गणका गणपति अनिल केसी, प्रमुख प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडयाल, शसस्त्र प्रहरी बल १८ नम्बर गुल्माका प्रहरी नायब उपरिक्षक बुद्धीनारायण मर्हजन र राष्ट्रिय अनुसन्धानका प्रहरी नायब उपरीक्षक राजन शर्माको कुशल राष्ट्रसेवकको भूमिकाका कारण विवादरहीत ढंगले स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको हो ।”

बस्नेत अगाडि भन्छन्, “बागमति प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनुभएका जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेललाई दोलखाली नागरिककोतर्फबाट बधाई एवं शुभकामना ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com