मंसिर २१, २०८० बिहिबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार जुर्मुराएसँगै निर्माताहरुले आफू निर्मित चलचित्रहरु प्रदर्शनमा अग्रसरता देखाउन थालेका छन् । चलचित्र हेर्न दर्शकहरु हलसम्म जान सक्ने वातावरण बनेसँगै चलचित्र निर्माताहरुले पनि प्रदर्शनको लागि तदारुकता देखाएका हुन् ।

यस्तैमा अभिनेता पदीप खड्का स्टारर चलचित्र प्रकाश पनि प्रदर्शनमा आउने भएको छ । खड्काको साथमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रवर अहमद प्रवेज, रानु योगी, देवकुमार श्रेष्ठ, हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनार, पवित्रा खड्का, लोकेन्द्र लेखक, निरज पन्थी र धनराज सुनार लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा ताराप्रकाश लिम्बु, एलिस कार्की, दिपक शर्मा र सुवास भुषालको संगीत रहेको छ भने गणेश शाही, दिपक शर्मा र अशोक शेरचनको गीत रहेको छ । विकाश सुबेदीको लेखन रहेको चलचित्रमा मनोज जोशीको निर्माण नियन्त्रण, अशिका शर्माको निर्माण परिकल्पना रहेको छ भने महेन्द्र अधिकारीको निर्माणमा अनिल मानन्धर र पिकेश मानन्धर सह निर्माता रहेका छन् ।

चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com