चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टास्थित भारतीय सीमा क्षेत्रबाट भारत बिहारको मधुबनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरी पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो । गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरिएको हो ।

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य रु चार लाख ३८ हजार रहेको बताइएको छ । चौधरीलाई आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com