काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले आज शुक्रबार काठमाडौंमा चुनावी सभा गर्ने भएको छ। सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन्। कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न स्थानमा सभा भइरहेका छन्।
बिहीबार मात्र सत्ता गठबन्धनले भरतपुरमा सभा गरेको थियो। जसलाई देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गरेका थिए।
आज शुक्रबार काठमाडौंमा हुने सभालाई पनि गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ। काठमाडौं महानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह र उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन्।
प्रतिक्रिया