जेष्ठ १३, २०८० शनिबार । May 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्थानीय निकायको निर्वाचन नजिकिएका बेला सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले देशव्यापी रुपमा आमसभा गर्ने भएको छ । कांग्रेसले मंगलबार विज्ञप्ति प्रकाशित गरेर उक्त कुराको जानकारी दिएको हो ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले ती सभाको मिति, स्थान र समय तय गरेको जानकारी विज्ञप्तिमा छ । चुनावी सभालाई सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री, सहमहामन्त्री, नेताहरूलगायतले सम्बोधन गर्नेसमेत कांग्रेसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com