आश्विन १३, २०८० शनिबार । September 30, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पछिल्ला दिनहरुमा कलाकारमा राजनीति मोह बढेको छ। चर्चित अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति आइपुगेकी छन् । उता करिश्मा मानन्धर नयाँ शक्ति चाखेर यतिबेला एमालेमा प्रवेश गरेकी छिन्।

स्थानीय चुनाव मुखैमा आइपुगेका बेला अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का भने काँग्रेस प्रवेश गरेका छन्।

केसी र खड्का आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच काँग्रेसमा प्रवेश गरेका हुन्। उनीहरुलाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com