फाल्गुन १७, २०८० बिहिबार । February 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण रोकिएको गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटाको एकल कन्सर्ट ‘कालीप्रसाद बासकोटा लाइभ’ यही २१ जेठ अर्थात ४ जुनमा दरबारमार्गको क्लब प्लाटिनममा हुने भएको छ ।

कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । पीभीइ नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउण्ड, एलइडी स्क्रिनमा काली सुनिने छन् । कार्यक्रममा अन्य कलाकारहरुको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

बासकोटाका अनुसार कोभिड महामारीपछि काठमाडौंमा उनको यो पहिलो प्रस्तुती हुनेछ । उनले गाएका गीतहरु ‘जालमा’, ‘निर’, ‘साली मन पर्‍यो ’लगायत लोकप्रिय छन् । उनी केही समयअघि सम्पन्न गायन रियालिटी शो ‘सा रे ग म प’को निर्णायकसमेत हुन् ।

यसबाहेक उनले ‘नेपाल आइडल’को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका निभाइसकेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com