जेष्ठ १२, २०८० शुक्रबार । May 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । केही दिन अगाडिसम्म नेपाल निर्माण व्यवसायी महासंघ ठेक्काको कामै नगरी रकम भुक्तानी पाउनुपर्ने सम्मको नियत राखेर आन्दोलनमा उत्रिएको थियो ।

अहिले यो आर्थिक वर्ष समाप्त हुन लगभग डेढमहिना समय बाँकी हुँदा पनि नेपाल पूर्वाधार निर्माण महासंघसँग आबद्ध रहेका ठेकेदार कम्पनीहरु विकासे कार्यालयका भ्रष्ट कर्मचारीहरुसँग मिलेर असारे विकासलाई तीब्रताका साथ अगाडि बढाइराखेका छन् ।

असारे झरी परेसँगै विकास निर्माणको काम गरेको नाटक गर्न बानी परेका निर्माण व्यवसायीहरुले अहिलेसम्म ३१ प्रतिशत निर्माण काम पनि सम्पन्न गर्न सेकाका छैनन् । तर, अब यो आर्थिक वर्ष सम्पन्न हुनै लाग्दा पनि विकास निर्माणको कामलाई कागजी घोडाको रुपमा दौडाएर रकम भुक्तानी लिने चक्करमा निर्माण व्यवसायीहरु लागिपरेका छन् ।

र, निर्माण व्यवसायीहरुको यो कालो धन्दालाई बिगत वर्षहरुमा जस्तै यो वर्षपनि विकासे कार्यालयलाईका भ्रष्ट कर्मचारीहरुले सहयोग गर्ने र साठगाँठ गर्ने काम गरिराखेका छन् । विकास निर्माणको काम समयमै बजेट निकासा नभएको कारणले गर्दा सम्पन्न हुन नसकेको भन्ने निष्कर्ष निकाल्दै राजनीतिक दलहरुहरुले संविधानमा नै आगामी आर्थिक वर्षको वार्षिक बजेट जेठ १५ गते नै ल्याउनुपर्ने प्रावधान राखिएको थियो ।

२०७२ सालमा जारी भएको संविधानमा यो प्रावधान राखिएको भएपनि अहिलेसम्म लक्ष्यअनुसार विकास निर्माणको काम पनि सम्पन्न हुन सकेको छैन । र, सरकारले छुट्ट्याएको पुँजीगत खर्च पनि हुनसकेको छैन ।

विगतमा जस्तै वर्तमान संविधान जारी भएपनि असारे विकासको नाममा लतपते विकास गर्ने र कर्मचारीसँग मिलेर विलअनुसार भुक्तानी लिने चलन अहिलेपनि कायमै रहेको छ । यो असारे विकासलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका कुनै पनि भ्रष्टचार नियन्त्रण गर्ने सरकारी निकायले चासो राख्ने गरेको देखिँदैन ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com