जेष्ठ १०, २०८० बुधबार । May 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन् ।
वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।

ष्लखयतभअज
बालेन ६१ हजार सात सय ६७ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत ल्याएकी थिइन्।

उता नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले ३८ हजार एक सय १७ मत प्राप्त गरेका थिए ।

मेयर निर्वाचित भएका शाहलाई आज पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ।

सोमबार बिहान ११ बजे राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा मेयर शाह, उपमेयर सुनिता डंगोल, ३२ वडाकै वडाध्यक्ष र सदस्यहरूले सपथ लिने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com