मंसिर २१, २०८० बिहिबार । December 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व पार्टी सभापति माधवमणि राजभण्डारीको निधिन भएको छ । कांग्रेसका नेता तथा सांसद दिव्यमणि राजभण्डारीका दाजु माधवमणिले पार्टीलाई अप्ठ्यारो पर्दा दोलखाको नेतृत्व लिएका थिए ।

लामो समयदेखि मृगौला रोगबाट पीडित राजभण्डारीको गत बिहीवार काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो । व्यवसायिक पृष्ठभूमि भएको परिवारमा जन्मिएका राजभण्डारीले राजनीतिक सदस्यकै रुपमा आफ्नो जीवन समर्पण गरेका थिए ।

उनको निधनका बारेमा कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै लेखेका छन्, ‘यस दुःखद् घडीमा स्वर्गीय राजभण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नुभएका सम्पूर्ण राजभण्डारी परिवारजनमा परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com