जेष्ठ १४, २०८० आइतबार । May 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

दोलखा। गौरीशंकर गाउँपालिका ३, झ्याकुका नेपाली कांग्रेसका स्थानीय नेता दिलबहादुर बस्नेतका छोरा शंकास्पद मृत अवस्थामा बुधबार बिहान फेला परेका छन्।

नेपाली कांग्रेसबाट बैशाख ३० को स्थानीय निर्वाचनमा गौरीशंकर गाउँपालिका ३, को वडा अध्यक्षमा उम्मेदवार समेत बनेका बस्नेतका २३ वर्षीय छोरा यान बहादुर बस्नेत बुधबार बिहान मृत अवस्थामा फेला परेकाले गए राति हत्या भएको हुनसक्ने मृतका आफन्त र स्थानीयले आशंका गरेका छन्।

स्थानीय मानेडाँडा माविको एकाउन्टेन्ट समेत रेहेका यन बहादुर बिद्यालय छुट्टि भएपछि घर हिडेका थिए। मंगलबार वेलुका ६ बजेदेखि सम्पर्कविहिन रहेका बस्नेतको लाश बुधबार विहान सर्सेपुमा भेटिएको मृतका दाइ सुदेश बस्नेतले जानकारी दिए।

घर नजिकै मोटरसाइकल रहेको तथा उनको लाशलाई हत्या गरेर घिसारेर फालिएको अवस्थामा रहेको हुँदा हत्या भएको हुनसक्ने दाइ सुदेशले बताए। घरबाट करिब २० मिटरको दुरिमा रहेको सर्सेपु स्थित सानो खोल्सीको ढुङ्गामाथि लास भेटिएको उनले बताए।घटना बारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बाट प्रहरीको टोलि घटनास्थान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com