चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं ।भक्तपुरको चाँगुनारायण नगरपालिकामा खानेपानी योजना सञ्चालन हुने भएको छ । चाँगुनारायण नपा–९ ताथली चापाटोलमा करिब आठ करोड बराबरको खानेपानी योजना सञ्चालन हुने भएको हो । 

स्थानीय समुदायलाई खानेपानी सहज बनाउन स्थानीय उपभोक्ता समितिमार्फत योजनाको काम गर्न लागेको नगरपालिका वडाध्यक्ष गणेश त्यातले जानकारी दिनुभयो ।

अध्यक्ष त्यातले आजै डिपबोरिङको उद्घाटन गरी विगत लामो समयदेखि खानेपानीको चरम समस्या भोग्दै आएका ताथली नालाछापवासीको लागि सहज रुपमा खानेपानीको सुविधा दिन सञ्चालनमा ल्याइएको बताउनुभयो । 

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र्र थापाले विगत लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका ताथली नालाछापबासीका लागि सहज सुलभ तरिकाबाट खानेपानीको सुविधा दिन यो योजना सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले योजनाका लागि वडा र नगरपालिकाबाट समेत आवश्यक बजेट विनियोजन गनुपर्ने बताउनुभयो । 

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com