चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमडौं । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गर्नुभएको हो ।

सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताउनुभयो ।

चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारुकताका साथ अगाडि बढाइने बताउनुभयो । “पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिन्छौँ उहाँले भन्नुभयो, “नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्छौ ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com