चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कोरोना महामारीका कारण लागू लकडाउनपछि दुई पांग्रे सवारी साधनको व्यवसाय उच्च रुपमा बढेको छ । खासगरी सार्वजनिक यातायातमा यात्रा गर्दा कोरोना संक्रमणको उच्च जोखिम हुने भएपछि दुई पांग्रे सवारी साधनको व्यापार बढेको थियो ।

यसैबीच दुई पांग्रे सवारी साधन होण्डाको आधिकारिक बिक्रेता स्क्याकर कम्पनीको व्यवसाय ४७ प्रतिशतले बढेको छ । कम्पनीका अनुसार सन् २०२२ को ६ महिनामा कम्पनीको व्यवसाय ४७ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । जुन सन् २०२० को तुलनामा १७ प्रतिशतले बढी हो ।

कम्पनीले सन् २०२० मा ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसैगरी कम्पनीले सन् २०१९ मा १४ अर्ब १८ करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा १३ अर्ब ९७ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले दुई पांग्रे सवारी साधनमा उच्च प्रतिष्पर्धा रहेको उल्लेख गरेको छ ।

कम्पनीले बजाज, यामाहा र टिभिएसका साथै नयाँ आएका ब्राण्डसँग चर्को प्रतिष्पर्धा हुँदा पनि २९ प्रतिशत बजार हिस्सा आगेटेको बताएको छ । कम्पनीको कुल आम्दानीमा सबैभन्दा धेरै हिस्सा डियो स्कुटरको रहेको छ । पछिल्लो ४ वर्षमा डियो बिक्रीबाट हुने आम्दानी कुल हिस्साको ३४ प्रतिशत छ ।

सरकारले हालै २५० सीसी क्षमताभन्दा माथिमा दुई पांग्रे सवारी साधनको आयात रोक्ने निर्णयको असर कम्पनीको व्यवसायमा सामान्य पर्ने देखिएको छ । कम्पनीका अनुसार २५० सीसी क्षमताभन्दा बढीका मोटरबाइकको हिस्सा ७ प्रतिशत छ ।

कम्पनीको सन् २०२१ को आम्दानीमा दुई पांग्रे सवारी साधनको हिस्सा ९२ प्रतिशत, स्पेयर र सर्भिसबाट ७ प्रतिशत र बाँकी प्यासेञ्जर भेहिकल र पावर प्रडक्टको बिक्रीबाट प्राप्त भएको छ । कम्पनीले हालै ९ अबए ९० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीसँग मुलुकभर १६ वटा आफ्नै शोरुमसहित १२६ वटा आउटलेट सञ्चालनमा छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com