जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । आइएमई ‘पे’ र सेञ्चुरी कमर्शियल बैंकबीच पाटर्नर बैंक सम्झौता भएको छ । राजधानी काठमाडौंैंमा आयोजित कार्यक्रमकामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र बैंकका तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com