चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको २७ लाख ७९ हजार ६१५ दशमलब ५८ संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

शेयर संरचना परिमार्जन पश्चात कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ । यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भइसकेको छ । मर्जरमा जाने भएपछि नेप्सेले तीनवटै जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com