चैत्र १५, २०७९ बुधबार । March 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नबिल बैंक लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेकोे छ । बैंकको विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंकलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । नबिलले प्राप्ती गरेपछि एनबि बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता बराबर नबिलको ४३ कित्ता सेयर प्राप्त गर्ने छन् ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मुल्य अनुपात १००ः४३ लाई सभाले स्वीकृति प्रदान गरेको हो । नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।ऋष्खष् िद्यबलप

२०७८ चैत्र मसान्तको वित्तीय विवरण अनुसार नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख ८ हजार रुपैयाँ पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब रुपैयाँ पुग्नेछ ।

नेपालको बैंकिंग सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेपश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोष्
ामा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्नेछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com