चैत्र १०, २०८० शनिबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

प्यूठान । प्यूठान जिल्लामा नेपाली कांग्रेसले ३ वटा पालिकासहित उल्लेख्य रुपमा उपाध्यक्ष/उप–मेयर तथा वडाहरू जितेर नयाँ इतिहास रचेको छ ।

यसअघि प्यूठान जिल्ला कम्युनिस्टको राजधानी भनेरे चिनिन्थ्यो । यस पटक भने कांग्रेसले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर एमालेलाई आफ्नो साइज र औकातमा बस्न वाध्य बनाएको छ । जसको परिणाम स्वरुप यसपटक एमाले २ वटा पालिकामा खुम्चिएको छ ।

कांग्रेसका उम्मेदवारहरूलाई जिताउन क्षेत्रीय सभापति रोज राणाले ठूलो प्रयास गरेका थिए । राणाले कांग्रेसका उम्मेदवार जिताउन गठबन्धनसँग रणनीति परिवर्तन गरेका थिए ।

त्यसको फाइदा कांग्रेस र गठबन्धन अन्तर्गतका माओवादी र जनमोर्चालाई भएको छ । गठबन्धनका कारण एमालेले भने ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । प्यूठान कांग्रेसका सभापति विष्णुकुमार गिरी र क्षेत्रीय सभापति राणाबीचको तालमेलले पहिलो पटक प्यूठानमा कांग्रेसले बलियो उपस्थिति देखाएको छ । 

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सार्वजनिक रुपमा कांग्रेस, माओवादी र जनमोर्चाविरुद्ध दिँदै आएको अहँकारपूर्ण अभिव्यक्तिलाई गठबन्धनले एमालेलाई हराएर भित्तामा पु-याइदिएको छ ।

ऐरावती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवीलविक्रम शाह ४६६९ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४६४७ मतसहित विजयी भएका छन् ।

ऐरावतीमा कांग्रेसले वडा नं. १ मा अमरबहादुर रेस्मी, ४ मा शंकरबहादुर भण्डारी र ५ मा चन्द्रबहादुर रोका मगर वडाध्यक्षमा विजयी भएका छन् ।

गौमुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका विष्णुकुमार गिरी ३६४९ मतसहित विजयी भएका छन् । गिरी प्यूठान कांग्रेसका जिल्ला सभापति हुन् । उपाध्यक्षमा माओवादीका महावीर राना मगर ४३४६ मतसहित विजयी भएका छन् ।

गौमुखीको वडा नं. १ मा कांग्रेसका दिलबहादुर थापा, २ मा डोरबहादुर राना, ३ मा जंगबहादुर पुन मगर वडाध्यक्षमा विजयी भएका छन् ।

झिमरुक गाउँपालिको अध्यक्षमा माओवादीका पितबहादुर महतरा क्षेत्री ५९२९ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल ६४१९ मतसहित विजयी भएका छन् ।

झिमरुकको वडा नं. २ मा कांग्रेसका कृष्णप्रसाद पोखरेल, ७ मा कृष्णबहादुर जिसी वडाध्यक्षमा विजयी भएका छन् । नौवहिनी गाउँपालिकाको अध्यक्षमा एमालेका दिलबहादुर थापा ६५३७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा एमालेकी विस्ना थापा ६३०४ मतसहित विजयी भएकी छिन् ।

नौवहिनीको वडा नं. ६ मा कांग्रेसका मानबहादुर केसी वडाध्यक्षमा शानदार मतका साथ निर्वाचित भएका छन् । प्यूठान नगरपालिकाको मेयरमा माओवादीका विष्णुबहादुर योगी ९३२३ मतसहित विजयी भएका छन् । उप–मेयरमा कांग्रेसका देवेन्द्र बर्मा ९४९० मतसहित निर्वाचित भएका छन् ।

प्यूठानको वडा नं. १ मा कांग्रेसकी साधन रावत, २ मा मोहनसिंह विष्ट क्षेत्री, ६ मा नरेन्द्र पुन मगर, ७ मा नेत्रबहादुर केसी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्का ३५६७ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका रमेशकुमार श्रेष्ठ ३३९१ मतसहित विजयी भएका छन् । मल्लरानीको वडा नं. ४ मा कुमार श्रेष्ठ र ९ मा गोपालबहादुर थापा विजयी भएका छन् ।

माण्डवी गाउँपालिकाको अध्यक्षमा माओवादीका नमराज अधिकारी ३६७६ मतसहित निर्वाचित भएका छन् । उपाध्यक्षमा कांग्रेसका पूर्णप्रसाद कालाथोकी ३५८६ मतसहित निर्वाचित भएका छन् ।

माण्डवीको वडा नं. २ मा कांग्रेसका प्रकाश वली वडाध्यक्षमा शानदार मतका साथ निर्वाचित भएका छन् । सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा ४२८० र उपाध्यक्षमा एमालेकै वसन्ता खड्का ४३९४ मतसहित निर्वाचित भएका छन् ।

सरुमारानीको वडा नं. १ मा कांग्रेसका नरबहादुर घर्ती एमालेभन्दा झण्डै दोब्बर मतसहित वडाध्यक्षमा निर्वाचित भएका छन् । स्वर्गद्वारी नगरपालिकाको मेयरमा कांग्रेसका टेकप्रसाद भण्डारी ७७२६ मतसहित निर्वाचित भएका छन् । उप–मेयरमा मीनराज राना मगर ७३७७ मतसहित निर्वाचित भएका छन् । स्वर्गद्वारीको वडा नं. ४ मा कांग्रेसका सुवर्णकुमार श्रेष्ठ र ५ मा गिरबहादुर घर्ती मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com