मंसिर १५, २०८० शुक्रबार । December 2, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित हुनुभएको हो ।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com