मंसिर १२, २०८० मंगलबार । November 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका प्रमुखमा ईश्वरनारायण मानन्धर निर्वाचित भएका छन् । मानन्धरलाई पूर्व सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले भेटेरै बधाइ तथा शुभकामना दिएका हुन् । उनी नेपाल विद्यार्थी संघबाट राजनीतिमा उदाएका नेता हुन् ।

नेविसंघबाट तरुण दलहुँदै कांग्रेस राजनीतिमा सक्रिय मानन्धर अहिले भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका छन् । यसअघिका निर्वाचनमा सधैं एमालेले जितेको भीमेश्वरमा यसपटक नेपाली कांग्रेसबाट सानदार मतका साथ मानन्धर विजयी भएका छन् ।

मानन्धरको विजयसँगै दोलखामा नेपाली कांग्रेसको संगठन बलियो हुनेमा नेताहरु ढुक्क छन् । उता स्वच्छ छविका नेता मानन्धरको आगमनले भीमेश्वरको विकास अगाडि बढ्नेमा नगरवासी विश्वस्त छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com