चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

मोरङको रतुवामाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले १३ हजार १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी दमयन्तादेवी चुडालले नौ हजार ३७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सुमन कालीकोटेले आठ हजार ४७९ मत प्राप्त गर्नुभएको थियो । उक्त नगरपालिकामा नेकपा एमालेले वडा नं २, ३, ४, ६ र ७, नेकांले ५, ८, ९ र १० तथा नेकपा ९माओवादी केन्द्र० ले १ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com