चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उम्मेदवार नवराज पराजुलीसहित प्यानल नै विजयी भएको छ ।

उहाँ नेकपा ९एकीकृत समाजवादी०का निकटतम प्रतिद्वन्द्वी सीतादेवी कँडेल ९पराजुली० लाई दुई हजार ११७ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो । यसअघिको निर्वाचनमा पनि उक्त स्थानबाट यही समूह विजय भएको थियो । अध्यक्षमा विजय हुनुभएका पराजुलीले पाँच हजार २२५ मत प्राप्त गर्नुभएको हो भने कँडेलले तीन हजार १०८ मत प्राप्त गर्नुभएको बताइएको छ ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत विजयी हुनुभएको छ । महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नौ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९ र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com