मंसिर १६, २०७९ शुक्रबार । December 2, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी हुनुभएको हो ।

गाउँपालिकाको अध्यक्षमा शाही दुई हजार ३६२ मत ल्याएर विजयी हुनुभएको र बम दुई हजार ३९८ मत ल्याएर उपाध्यक्षमा विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शाहीका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर बुढाले दुई हजार ७२९ मत ल्याउनुभएको थियो । उपाध्यक्ष बमका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का रन रोकायाले एक हजार २३६ मत ल्याउनुभएको थियो ।

यस गाउँपालिकामा माओवादी केन्द्र एक्लै निर्वाचनमा गएको थियो भने कांग्रेस र एमालेले गठबन्धन गरेका थिए । नौ वडा रहेको यस गाउँपालिकामा आठ वडामा माओवादी केन्द्र विजयी भएको छ भने एउटामा कांग्रेस विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com