काठमाडौं । प्युठान जिल्लाको गौमुखी गाउँपालिका अध्यक्षमा गठबन्धन अन्तर्गत कांग्रेसबाट विष्णुकुमार गिरी ३६४९ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा गठबन्धन अन्तर्गतकै महावीर राना मगर ४३४६ मत प्राप्त गरी नेकपा माओवादीबाट विजयी भएका छन् ।
त्यस्तै गौमुखी गाउँपालिका अर्खा–१ मा गठबन्धन अन्तर्गत वडा अध्यक्षमा नेपाली कांग्रेसका दिलबहादुर दिलबहादुर थापा मगर ५२६ सहित प्यानलै विजयी भएका छन् । त्यस्तै गौमुखी गाउँपालिका वडा नं.२, अर्खा वडा अध्यक्षमा नेपाली कांग्रेसका डोरबहादुर राना मगर ६६३ मत प्राप्त प्यानसहित विजयी भएका हुन् ।
वडा नं. ३ रजवारा वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका जंगबहादुर पुन ६६७ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै वडा नं. ४ पुजा अनिराम वि.म. गठबन्धन अन्तर्गत नेकपा माओवादीबाट ७५४ प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै गौमुखी गाउँपालिका वडा नं. ५ खुङमा राष्ट्रिय जनमोर्चाका बरुनध्वज मल्ल ५३४ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी गौमुखी गाउँपालिका ६ नारिकोटमा लिवाङमा नेकपा माओवादी चन्द्रबहादुर खत्री ४७९ मतकासाथ विजयी भएका छन् । वडा नं. ७ नारिकोटको अध्यक्षमा कोमल पुरी ५८३ मत प्राप्त गरी नेकपा एमालेबाट विजयी भएका छन् ।
प्रतिक्रिया