चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् ।

प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सरिता खतिवडाले जानकारी दिनुभयो । थापा १४ हजार ७५८ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपप्रमुखमा भट्टराई १४ हजार ४९० मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका श्याम बस्नेतले ६ हजार ६६१ मत प्राप्त गर्नुभयो ।

एमालेका उम्मेदवार वडा नं १, ५, ७, ८ र १० वडामा तथा बाँकी ५ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com