चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले) ले तीन र नेकपा (माओवादी केन्द्र) ले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, सिदिङवा र पाथीभरा याङवरक गाउँपालिकामा एमाले र फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादी केन्द विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसले फक्ताङलुङ र मैवाखोलामा जित हासिल गरेको छ । एमालेले फुङ्लिङ नगरपालिकामा उपप्रमुख तथा आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । यस्तै मिक्वाखोला, सिदिङवा र सिरिजङ्गामा माओवादी केन्द्रले उपाध्यक्षमा जितेको छ । मेरिङदेनमा एकीकृत समाजवादी उपाध्यक्षमा विजयी भएको छ ।

नौ स्थानीय तहको ६१ वडामध्ये ३० वडामा एमाले, १५ वडामा कांग्रेस, १० वडामा माओवादी केन्द्र, दुईमा एकीकृत समाजवादी र एउटामा सङ्घीय लिम्बूवान मञ्च विजयी भएको छ । त्यस्तै ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com